काठमाडौं– नेपाल प्रहरीले खैरो हिरोइनसहित युवतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा, शिव सतासी नगरपालिका–११ की २३ वर्षीया वीना डाँगी छिन्।
उनलाई महानगरीय प्रहरी प्रभाग, नागढुंगाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौं आउँदै गरेको ना७ख ५७०२ नम्बरको बसमा ४.२६ ग्राम खैरो हिरोइन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख एवं प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले प्लाष्टिकको झोलामा पोका पारेर शरीरमा बाँधेर ल्याएको अवस्थामा डाँगीलाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेकी डाँगीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जनाएको छ।
रासस