बिहीबार, भदौ ४, २०८३

आज वर्षा र हिमपात हुने

आज दिउँसो देशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

काठमाडौं– आज दिउँसो देशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आफ्नो वेबसाइटमा आज जारी गरेको मौसम बुलेटिनमा यस्तो प्रक्षेपण गरिएको हो।

यस्तै, आज राति देशको मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहने बुलेटिनमा उल्लेख छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा र हिमपात हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ।

महाशाखाले हिमपात र वर्षाको सम्भावना भएकाले सर्वसाधारणलाई सर्तक रहन आग्रहसमेत गरेकाे छ। 

प्रकाशित: Feb 24, 2020| 08:53 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।