काठमाडौं- ललितपुरको बालकुमारीमा मोटरसाइकल सडकको रेलिङमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
बिहान करिब ४ बजेतिर बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल रेलिङमा ठोक्किँदा चालक काठमाडौं लाजिम्पाटका दिवसकिशोर भट्टराई र मोटरसाइकलको पछाडि बसेकी ललिता राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर घाइते भएका दुवैजनाको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।