बिहीबार, भदौ ४, २०८३

सुतेकै ठाउँमा पूर्वराजदूत लामा बेहोस

नेकपाका नेता तथा दक्षिण कोरियाका लागि पूर्वराजदूत कमानसिंह लामा सुतेकै ठाउँमा बेहोस भएका छन् ।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

काठमाडौं- नेकपाका नेता तथा दक्षिण कोरियाका लागि पूर्वराजदूत कमानसिंह लामा सुतेकै ठाउँमा बेहोस भएका छन् ।

आइतबार राति १ बजे काठमाडौँ मूलपानीस्थित आफ्नै निवासमा उनी बेहोस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

राति नै एम्बुलेन्सबाट अस्पताल ल्याएर भर्ना गरिएको लामाकी पत्नी इन्द्रमाया तामाङले जानकारी दिइन् । उनका अनुसार सुतेकै ठाउँमा छट्पटाइराखेका लामा बेहोस भएका थिए ।

उनी सोडियमको कमिका कारण बेहोस भएको चिकित्सकहरुले बताएका छन् । उनको अवस्था क्रमिकरुपमा सुधा हुँदै गएको अस्पतालले जनाएको छ ।

पाँच वर्ष अघि लामालाई किड्नीमा क्यान्सर भएको थियो। त्यसको उपचार गराएका उनी पुनः गम्भीर विरामी परेका हुन् ।

लामा काभ्रेबाट दुईपटक सांसदमा बिजयी भएका थिए। उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए।

प्रकाशित: Feb 24, 2020| 08:04 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।