बिहीबार, भदौ ४, २०८३

कोरियामा कामदार पठाउन बन्द

कोरोना भाइरसको प्रकोप बढेसँगै वैदेशिक रोजगार विभागले नेपाली कामदारलाई दक्षिण कोरिया जान रोकेको छ ।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

काठमाडौँ- कोरोना भाइरसको प्रकोप बढेसँगै वैदेशिक रोजगार विभागले नेपाली कामदारलाई दक्षिण कोरिया जान रोकेको छ ।

दक्षिण कोरियाका दुई सहरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अस्वाभाविक रूपमा बढेपछि विभागले नयाँ कामदार पठाउन रोक लगाएको हो ।

कोरिया सरकारकै समन्वयमा नयाँ कामदार पठाउन रोकिएको विभागको कोरिया शाखा प्रमुख कृष्ण खनालले जानकारी दिए। उनका अनुसार फागुन १८ का लागि तय गरिएको उडान तालिका प्रभावित हुने भएको छ । फागुन १८ गते ४० जना नयाँ नेपाली कामदारलाई कोरिया पठाउँने तयारी थियो ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गतसाता केही कामदार कोरिया गएका थिए। थप कामदार पठाउनेबारे कोरियाको सोलस्थित नेपाली दूतावास र मानव संसाधन विभागबीच समन्वय भइरहेको छ।

नियमित प्रक्रियाअनुसार सहज वातावरण भएको भए यही साता झन्डै दुई सय कामदार कोरिया जान्थे। दुवै देशले अवस्थालाई निकै गम्भीरतापूर्वक हेरिरहेकाले कामदार जाने प्रक्रिया तत्काललाई रोकिने देखिएको विभागको कोरिया शाखा प्रमुख खनालले जानकारी दिए ।

कोरियामा कोरोना भाइरस अझै फैलिदै गए अन्य उडान तालिका पनि प्रभावित हुन सक्ने उनले जानकारी दिए । अहिले कोरियाले नै कुनै पनि देशबाट कामदार नपाउन भनेको छ ।

कोरियामा हाल झन्डै ४२ हजार ६ सय नेपाली छन्। जसमध्ये ३३ हजार अदक्ष कामदार छन्। ४ हजार ८ सय जना महिला छन्।

प्रकाशित: Feb 24, 2020| 07:47 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।