बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव, नेपालको नक्सा भएकाे केक काटियाे

कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव, नेपालको नक्सा भएकाे केक काटियाे

चार हेलिकोप्टरमा दलबलसहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ पनि १५ किलोको केट काटे, करिब ६ हजारलाई भोज खुवाए ।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

काठमाडौं- सत्तारुढ नेकपाले संविधान संसोधनका लागि कार्यदल बनाएको देखि प्रधानमन्त्री केपीशर्मा ओलीले राजा महाराजाले जसरी जन्मदिन मनाएको विषयलाई आजका पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् ।

आजको नयाँ पत्रिका दैनिकले कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव, प्रधानमन्त्रीलाई भेट्न विद्यार्थीहरू घन्टौँ हिँडेर आए शीर्षकमा मुख्य समाचार छापेको छ ।

समाचारमा लेखिएको छ– कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९औँ जन्मोत्सव राजसी ठाँटले मनाएका छन् ।

सरकारीनिवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार हेलिकोप्टरमा दलबलसहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ पनि १५ किलोको केट काटे, करिब ६ हजारलाई भोज खुवाए । सत्तारुढ नेकपाकै नेतृत्वमा रहेको आठराई गाउँपालिकाले त ओलीको जन्मोत्सव मनाउन सार्वजनिक बिदा नै दियो ।

प्रधानमन्त्री ओली जन्मदिन मनाउन परिवारका सदस्य, संघीय सरकारका तीन मन्त्री, दुईजना प्रदेश प्रमुख, प्रदेश १ का मुख्यमन्त्री र मन्त्री तथा केही नेतालाई लिएर हेलिकोप्टरबाट आठराई पुगे । तेह्रथुमवरिपरिका मात्रै होइन, झापा र मोरङसम्मका केही सरकारी अधिकारी र नेता–कार्यकर्ता सरकारी गाडी चढेर आठराई ओइरिए ।

गाउँपालिकाले सार्वजनिक बिदा दिँदै कर्मचारी, शिक्षक र विद्यार्थीलाई जन्मोत्सव कार्यक्रममा उपस्थित हुन उर्दी गरेको थियो । झापाबाट क्याटरिङ झिकाएर करिब ६ हजारलाई भोज खुवाइएको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्रीलाई बधाई दिन यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा छुट्टै हेलिकोप्टरमा १५ किलोको केक लिएर आठराई पुगेका थिए । नेपालको नक्सा आकारको केक प्रधानमनन्त्री ओलीले काटेर आफूले पनि खाए भने अरुलाई पनि खुवाए । देशको नक्सा काटेर खाएको भन्दै उनको सर्वत्र आलोचना भएको छ ।

आजको नागरिक दैनिकले जन्मोत्सवमा ओली महोत्सवमा दाहाल शीर्षकमा मुख्य समाचार छापेको छ ।

ओली आफ्नो जन्मदिन मनाउन व्यस्त हुँदा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनुषामा मिथिला माध्यमिकी परिक्रमा नामक धार्मिक कार्यक्रममा व्यस्त बनेका थिए ।

यस्तै जिटुजी र नीतिगत निर्णयका आधारमा वर्तमान सरकारका मन्त्रीहरुले भ्रष्टाचार गर्ने गरेको विषयलाई पनि नागरिक दैनिकले प्राथमिकताका साथ छापेको छ ।

उसले लेखेको छ– सरकारको बागडोर समालेका मन्त्री र कर्मचारीको मिलेमतोमा पछिल्लो समय भ्रष्टाचार गर्न दुईवटा सजिलो माध्यम बनाइएको छ– जिटुजी र मन्त्रिपरिषद्को नीतिगत निर्णय।

वर्तमान सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीले आर्थिक अनियमितता गर्न जिटुजी र नीतिगत निर्णयलाई माध्यम बनाएको देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले गरेका पछिल्ला नीतिगत निर्णय र विभिन्न मन्त्रालयले जिटुजीमार्फत खरिद गर्न खोजेका वस्तु तथा सेवामा भ्रष्टाचार गरेको आरोप लागेको छ।

आजको कान्तिपुर दैनिकले नेकपा नेता वामदेव गौतमका लागि संविधान संसोधनको तयारी गरिएको विषयलाई मुख्य समाचार बनाएको छ ।

राष्ट्रिय सभा सदस्य बनाउन लागिएका गौतमका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरि संविधान संसोधनको तयारी गरिएको समाचारमा उल्लेख छ ।

यस्तै कान्तिपुरले जो बाँस्कोटाका योजनाकार थिए शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले सेक्युरिटी प्रेस स्थापनाका लागि शंकास्पद भूमिका  खेलेका थिए ।

सेक्युरिटी प्रेसमा उनको भूमिकाका विषयमा संसद्को लेखा समिति बैठकमा बिहीबार सांसदहरूले प्रश्न गर्दा पौडेल नाजवाफ भएका थिए । त्यसको केही समयमै सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिए ।

थप यस्तै प्रश्नको सामना गर्नुपर्ला भनेर हुन सक्छ, त्यही राति पौडेल अमेरिका उडे । चिकित्सक पत्नीको अमेरिकी ग्रिनकार्ड रहेकाले उनी उतै बस्ने अनुमान गरिएको समाचारमा उल्लेख छ ।

प्रकाशित: Feb 24, 2020| 07:07 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।