बिहीबार, भदौ ४, २०८३

वाग्मती प्रदेशसभाको बैठक : दुई विधेयक प्रस्तुत

वाग्मती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार दुईटा विधेयक पेश गरेका छन्।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

हेटौडा- वाग्मती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार दुईटा विधेयक पेश गरेका छन्।

पौडेलले अन्तर प्रदेशको बासिन्दाको सम्मान, सुरक्षा र व्यवहारको व्यवस्था गर्न बनेको विधेयक र प्रदेश लोकसेवा आयोग ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश मामिला समितिमा पूर्ण छलफलको लागि पठाउन प्रस्ताव प्रस्तुत गरेका हुन्।

बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालको तर्फबाट भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्व फुयाँलले प्रदेशमा युवा परिषद् गठन गर्ने ऐन, २०७६ लाई छलफलको लागि प्रस्ताव प्रस्तुत गरे।

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावादोर्जे लामाले यही चालू आवभित्रै काठमाडौँ जिल्लाको टोखा, बूढानीलकण्ठ र पशुपतिनाथ क्षेत्रको वनकालीमा तत्कालै काञ्जी हाउस बनाई छाडा पशुपक्षीहरुलाई व्यवस्थित रूपबाट राख्न लागेको बताए।

प्रदेशसभाको आइतबार नै बसेको दोस्रो बैठकको विशेष समयमा बोल्ने सदस्यले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गरेको संवाद अडियो प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने बताए। प्रदेशसभाको अर्को बैठक सोमबार फागुन १२ गते अपराह्न ३ बजे बस्नेछ।

प्रकाशित: Feb 23, 2020| 20:15 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।