बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधान संशोधन कार्यदललाई कांग्रेसले भन्यो ‘तमासा’

संविधान संशोधन कार्यदललाई कांग्रेसले भन्यो ‘तमासा’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बनाएको संविधान संशोधन कार्यदललाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘तमासा’ को संज्ञा दिएको छ।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बनाएको संविधान संशोधन कार्यदललाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘तमासा’ को संज्ञा दिएको छ।

दलहरुसँग विमर्श नै नगरी संविधान संशोधनका लागि कार्यदल बनाइएकोमा कांग्रेसले असन्तुष्टि जनाएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै संविधान संशोधन कार्यदलप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

मधेशले संविधान संशोधनको माग गर्दा संविधान संशोधन नगर्ने तर अहिले एक व्यक्तिका लागि संविधान संशोधन गर्न लागिएकोमा शर्माले आपत्ति जनाएका छन्।

‘मधेशले माग्यो संविधान संशोधन, भनियो –हुन्न। जनजातिले मागे हुन्न भनियो, दलित, थारु अनि अरुले मागे तिनलाई पनि हुन्न भनियो। तर आज कोही एक ब्यक्तिको अनुहार हेरेर संशोधन तयारी?’ शर्माले प्रश्न गरेका छन्।

‘गम्भीर राष्ट्रिय विमर्श बिना यो के तमासाको तयारी कमरेडहरु?’ भनी शर्माले प्रश्न गरेका छन्।

प्रकाशित: Feb 23, 2020| 18:52 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।