बिहीबार, भदौ ४, २०८३

सताक्षी गोल्डकपको उपाधि मछिन्द्रको पोल्टामा

ए डिभिजन लिग विजेता मछिन्द्र क्लबले सिजनकै पहिलो सताक्षी गोल्डकपको तेस्रो संस्करणको उपाधि हात पारेको छ।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

झापा- ए डिभिजन लिग विजेता मछिन्द्र क्लबले सिजनकै पहिलो सताक्षी गोल्डकपको तेस्रो संस्करणको उपाधि हात पारेको छ।

थ्री स्टारका खेलाडी अशोक खवासले मछिन्द्रका खेलाडी अडेलजा सोमिडेलाई डिबक्स एरियामा फउल गरेपछि पाएको पेनाल्टीले मछिन्द्रको उपाधि रक्षा गरेको हो। मछिन्द्रले ट्रफीसँगै नगद ६ लाख रुपैयाँ प्राप्त गरेको छ।

झापाको झिलझिले आईतबार स्थानीय गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको फाइनल खेलमा थ्री स्टार फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै मछिन्द्र क्लब सिजनको पहिलो च्याम्पियन भएको हो।

ए डिभिजन लिग सकिएलगतै सताक्षी गोल्डकपको तेस्रो संस्करणमा उनीहरु मोफसलको पहिलो उपाधिका लागि भिडेका थिए। सुरुवाती खेलको तेस्रो मिनेटमा पाएको पेनाल्टी गोल नै मछिन्द्रलाई जितका लागि निर्णायक बनायो।

फाइनल खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ भए। उनले नगद १० हजार पाए।

त्यस्तै, प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्ट थ्री स्टारका कप्तान विक्रम लामा भए। उनले नगद ५० हजार प्राप्त गरे। हाइ स्कोरर थ्री स्टारकै सञ्जोग राई भए।

प्रतियोगिताभरि दुई गोल गरेका उनले नगद २५ हजार पाए। प्रतियोगिताको उत्कृष्ट गोल किपर विजेता टिमका विशाल श्रेष्ठ, बेस्ट डिफेन्स मछिन्द्रकै पिटर सेगुन, बेस्ट मिडफिल्ड थ्री स्टारका रुपेश केसी, बेस्ट फरर्वाड मछिन्द्रका रेजिन सुब्बा र बेस्ट कोच मछिन्द्रका प्रवेश कटवाल घोषित भए।

उनीहरुले जनही २० हजार रुपैयाँ पाए। उदयीमान खेलाडीका रुपमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबका सञ्जीत राईलाई नगद २० हजार रुपैयाँ प्रदान गरियो।

उनीहरुलाई प्रमुख अतिथि अखिल नेपाल फुटबल क्लब (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, आयोजक अध्यक्ष रमेश लावतीलगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए। सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको आयोजक सतासीधाम स्पोर्टिङ क्लबका उपाध्यक्ष फुर्वा तामाङले बताए।

गोल्डकपको मुख्य प्रायोजक शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले सताक्षी गोल्डकपले नगरको शान थपेको वताएका छन्। नगरले शिक्षा र खेलकुदका लागि अझै केही गर्न बाँकी रहेको बताए। आउदो चौथो संस्करणको सताक्षी गोल्डकपलाई सवै नगरवासी, कर्पोरेट हाउस लगायतले खुलेर सहयोग गर्नसमेत उनले आग्रह गरेका छन्।

प्रकाशित: Feb 23, 2020| 18:35 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।