काठमाडौं- नेपाली कांग्रेसले भारत तिर्थयात्राका क्रममा दुर्घटनामा परी मृत्यु भएका नेपाली शव ल्याउन सहयोग गर्न सरकारलाई आग्रह गरेको छ।
कांग्रेसले दुर्घटनामा जीवन गुमाएकाहरुको शव नेपाल ल्याउन मृतकका परिवारहरुलाई कठिन भइरहेको अवस्थामा सरकारले सबैको शव सहज रुपमा तुरुन्त ल्याउने प्रबन्ध गर्न आग्रह गरेको छ।
साथै कांग्रेसले घाइतेहरुको उचित उपचारका व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
आइतबार मुख्य सचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा मृतकहरुप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ।
तिर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको गत ८ गते बैंगलरुस्थित नेशनल हाइवेमा मिनीबस दुर्घटना हुँदा मृत्यु भएको थियो। केही गम्भीर घाइते भएका थिए।