काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संविधान संशोधनका लागि कार्यदल बनाएको छ।
वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वमा संविधान संशोधन कार्यदल गठन गरिएको हो।
शनिबारको सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन सम्बन्धी कार्यदल बनाउन प्रस्ताव लगेका थिए।
सोही बमोजिम कार्यदल गठन भएको हो।
कार्यदलमा नेपाल संयोजक, सुवाशचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सदस्य छन्।
राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बन्ने बाटो खोल्ने र संविधान संशोधनको माग गर्दै आएको मधेशी दलहरुसँग परामर्श गर्ने जिम्मेवारी समितिलाई दिइएको छ।