काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।
भ्रष्टाचार विरोधी अभियान्ताहरुले विभिन्न भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्री ओलीसमेत दोषी रहेको भन्दै उजुरी दर्ता गराएका हुन्।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सन्दर्भमा सार्वजनिक भएको अडियो टेप प्रधानमन्त्री ओलीलाई पहिले नै बुझाइए पनि भ्रष्टाचार लुकाउन खोजेको भन्दै प्रधानमन्त्रीमाथि पनि कारवाही हुनु पर्ने उजुरीमा माग गरिएको छ।
उजुरीमा प्रधानमन्त्री ओली, निवर्तमान सञ्चार मन्त्री गोकुल बाँस्कोटा, तत्कालीन सञ्चार मन्त्रालयका सचिव महेन्द्र बहादुर शाही र प्रिन्टिङ प्रेसका प्रमुख विकल पौडेलमाथि कारवाहीको माग गरिएको छ।
उनीहरु विरुद्ध बाँकेका प्रेम बहादुर शाही र मकवानपुरका आनन्दराज पौडेलले उजुरी दिएका छन्। उजुरीको दर्ता नम्बर ०२६९८७ रहेको छ।