काठमाडौं– बेलाबेला मधेशसँग ‘लभ’ परेको बताउने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार नेपालको सबैभन्दा लामो दूरीको १५ दिने मिथिला मध्यमा परिक्रमामा भाग लिन धनुषाको ठेरा कचुरीे मठ पुगे।
परिक्रमाको आरम्भ गर्दै प्रचण्डले पुष्पवर्षा पनि गरे। आइतबार बिहानै मिथिला विहारी नगरपालिकाको कचुरी पुगेका उनले हेलिकप्टरबाट पुष्पवर्षा गरेका हुन्।
उनले परिक्रमा प्रारम्भ हुने स्थल (धनुषाको मिथिलाविहारी नगरपालिकाको कचुरीको मिथलाविहारीको मन्दिर नजिक) धर्मशाला बनाउने घोषणा गरे। मिथिला मध्यमा परिक्रमाले नेपाल र भारतका लागि महाकुम्भ भएको भन्दै प्रचण्डले दुवै देशको धार्मिक संस्कृति आदानप्रदानमा ठूलो योगदान पुर्याइरहेको बताए ।
आफू पहिलोपटक प्रधानमन्त्री रहेका बेला पनि परिक्रमा मार्गका लागि सहयोग गर्ने अवसर पाएको स्मरण गर्दै उनले मिथिलाविहारी परिषद् गठन गर्न पनि आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उत्साहपूर्वक भाग लिएका प्रचण्डले स्थानीय पहिरन लगाएका थिए।
.jpg)
.jpg)