काठमाडौं– डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालेका छन्। अर्थमन्त्रीसमेत रहेका खतिवडाले सञ्चार मन्त्रालय खाली भएपछि सो मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका हुन्। घूस काण्डमा मुछिएका गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सञ्चार मन्त्रालयको जिम्मेवारी खतिवडालाई दिइएको हो ।