बिहीबार, भदौ ४, २०८३

करेन्ट लागेर पैदलयात्रीको मृत्यु

सिन्धुपाल्चोकमा करेन्ट लागेर पैदलयात्रीको ज्यान गएको छ।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा करेन्ट लागेर पैदलयात्रीको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की शेर्पाको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको हो।

घटनामा बाह्रबिसे नगरपालिका–१, घोर्थलीका पप्पु गुरुङ घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले इन्टरनेटको तार तान्न प्रयोग गरेको फलामे पोल ढलेर विद्युतको मेन लाइनमा परेको र पैदलयात्रीले झुक्किएर पोल छुँदा करेन्ट लागेको हाे।

प्रकाशित: Feb 23, 2020| 13:04 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।