काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा केक काटेर आफ्नो ६९ औं जन्मदिन मनाएका छन्।
उनले बुबा मोहनप्रसाद ओलीलाई सँगै राखेर जन्मदिन मनाएका हुन्। झापा बस्दै आएका मोहनप्रसाद छोराका जन्मदिनका अवसरमा बालुवाटार पुगेका थिए।
यस्तै, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत नेता प्रधानमन्त्रीको जन्मदिनका अवसरमा बालुवाटार पुगेका थिए।
यसैबीच, प्रधानमन्त्री ओली जन्मदिन मनाउन पुख्यौली थलो तेह्रथुम प्रस्थान गरेका छन्। प्रधानमन्त्री आउने भएपछि तेह्रथुमको आठराई गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।