बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मिथिला मध्यमा परिक्रमामा प्रचण्डले हेलिकप्टरबाट गरे पुष्पवर्षा

मिथिला मध्यमा परिक्रमामा प्रचण्डले हेलिकप्टरबाट गरे पुष्पवर्षा

परिक्रमाको आरम्भ गर्दै नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुष्प वर्षा गरेका छन् । आइतबार बिहानै मिथिला विहारी नगरपालिकाको कचुरी पुगेका उनले हेलिकप्टरबाट पुष्प वर्षा गरेका हुन् ।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

जनकपुरधाम– नेपालको सबैभन्दा लामो दूरीको १५ दिने मिथिला मध्यमा परिक्रमा आइतबार सुरु भएको छ । धनुषाको ठेरा कचुरीे मठबाट मिथिला विहारीको डोलासँग सुरु भएको परिक्रमा जनकपुरमा विश्राम गर्नेछ । मिथिलाको महाकुम्भसमेत भनिने मिथिला मध्यमा परिक्रमा सोमबारदेखि भारत तथा नेपालको विभिन्न क्षेत्रमा पुग्ने गर्छ ।

परिक्रमाको आरम्भ गर्दै नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुष्प वर्षा गरेका छन् । आइतबार बिहानै मिथिला विहारी नगरपालिकाको कचुरी पुगेका उनले हेलिकप्टरबाट पुष्प वर्षा गरेका हुन् ।

फागुन शुक्ल औंसी तिथीको दिन बिहान कचुरीबाट मिथिला बिहारीको डोला लिएर सुरु भएको परिक्रमा अपरान्ह जनकपुरस्थित रत्नसागर मन्दिरमा पुगेको थियो । परिक्रमामा सहभागी श्रद्धालुहरुले केहीबेर त्यहाँ विश्राम गरेपश्चात् जानकी मन्दिरको दर्शन गर्दै विश्रामका लागि जनकपुरस्थित हनुमाननगर पुगेको हो । आइतबार राति हनुमाननगरमा विश्राम गरी सोमबार बिहानै भारतको कलनाको लागि प्रस्थान गर्नेछ ।

यसैगरी मिथिला बिहारीको डोलासँगै जनकपुरको अग्नी कुण्डस्थित किशोरीजीको डोलासमेत हनुमानगरमा विश्राम गरी विहिबारबाट १५ दिने परिक्रमा गर्नेछ ।

मध्यमा परिक्रमा जनकपुरको हनुमानगढी, भारतको कल्यानेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, धु्रवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही पुग्नेछ ।

यसैगरी पुनः भारतको करुणा, विशौललगायतका धार्मिक स्थल हुँदै जनकपुर पुग्नेछ । नेपाल तथा भारतसहित कुल १ सय ३३ किलोमिटर लामो दूरीको पैदल यात्रा जनकपुरमा एक रात विश्रमा गरी फागु पूर्णिमाको दिन सम्पत्र हुने छ ।

परिक्रमामा नेपाल तथा भारतका हजारौं श्रद्धालुहरु सहभागी हुने गरेकोले मिथिला मध्यमा परिक्रमालाई मिथिलाको कुम्भसमेत भत्रे गरिन्छ । १५ दिने मिथिला परिक्रमा गरेपछि पापमोक्ष हुनुका साथै मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ ।

प्रकाशित: Feb 23, 2020| 11:28 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।