बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आइजीपीको ब्रिफिङमा गएको प्रहरी भ्यान ट्रकसँग ठोक्कियो, पाँच प्रहरी घाइते

आइजीपीको ब्रिफिङमा गएको प्रहरी भ्यान ट्रकसँग ठोक्कियो, पाँच प्रहरी घाइते

रौतहटको चन्द्रनिगाहपुर नजिकै ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिदा पाँच जना प्रहरी घाइते भएका छन् ।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

रौतहट- रौतहटको चन्द्रनिगाहपुर नजिकै ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिदा पाँच जना प्रहरी घाइते भएका छन् ।

गौरबाट चन्द्रनिगाहपुरतर्फ गइरहेको ना१च १३३१ नम्बरको प्रहरी भ्यानलाई ना६ख ८६२५ नम्बरको ट्रकले ठक्कर दिदा पाँच जना घाइते भएका हुन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गौर बसपार्कका इन्चार्ज प्रहरी नायव निरीक्षक मनोज सिंह र मठिहा प्रहरी चौकीका इन्चार्ज गोविन्द यादवको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले नेपाल समयलाई जानकारी दिए । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

प्रहरी टोली पथलैयामा आइजीपी ठाकुरप्रसाद ज्ञवालीको ब्रिफिङ कार्यक्रममा भाग लिन आउँदै थियो । गौरबाट आएको प्रहरी टोली सवार भ्यानलाई मानसकि सन्तुलन ठिक नभएकी एक महिलालाई जोगाउन खोज्दा ट्रकले ठक्कर दिएको डीएसपी शाहीले बताए ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले जानकारी दिए ।

प्रकाशित: Feb 23, 2020| 10:25 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।