बिहीबार, भदौ ४, २०८३

मल र विषादी छर्न ‘ड्रोन’ प्रयोग गरिँदै

अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

दाङ– अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ।

प्रदेश ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा जारी प्रदेश एक्सपोमा राखेको छ।

आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याएको प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले जानकारी दिइन्। “हामीले कृषिमा आधुनिकीकरण गर्न खोजिरहेका छौं, हामीले अहिले मल र विषादी छर्न ड्रोन भित्र्याएका हौं,” उनले भनिन्, “यसले किसानलाई धेरै सहजता ल्याउँछ।”

ड्रोनबाट मल तथा विषादी छर्ने प्रविधि सबै किसानको घरमा पु¥याउने मन्त्रालयले योजना बनाएको जनाइएको छ।

एक्स्पोमा प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु पनि राखिएको छ।

रासस

प्रकाशित: Feb 23, 2020| 10:08 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।