बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिमेन्ट बोकेर काठमाडौं आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो, चालकको मृत्यु

सिमेन्ट बोकेर काठमाडौं आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो, चालकको मृत्यु

सिमेन्ट बोकेर काठमाडौं तर्फ जाँदै गरेको ट्रक त्रिशूली नदीमा खसेको छ ।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

धादिङ- सिमेन्ट बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ ।

आइतबार बिहान ना ५ ख ३७७७ नम्बरको ट्रक त्रिशुलीमा खस्दा चालक बिखे थोकरको मृत्यु भएको छ भने सहचालक राजेश विक घाइते भएका छन् ।

सिमेन्ट बोकेर काठमाडौं तर्फ जाँदै गरेको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ को ज्यामिरेघाटबाट त्रिशुली नदीमा खसेको ट्राफिक प्रहरी हवल्दार कूलबहादुर महतोले जानकारी दिए ।

ट्रक त्रिशूलीमा खस्दा घाइते भएका मकवानपुर भिमफेदी २ भैसेँका चालक थोकरको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते सहचालक सप्तरी रुपनगरका विक भने उपचारपछि घर फर्किएको प्रहरीले बताएको छ ।

 

प्रकाशित: Feb 23, 2020| 09:31 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।