आइतबार, चैत १, २०८२

कोरोनाबाट २४५८ को मृत्यु, हुबेईमा मात्र १८४५ सिकिस्त

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २४५८ पुगेको छ
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

बेइजिङ–कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २४५८ पुगेको छ। डिसेम्बरमा चीनको वुहानबाट फैलिएको यो भाइरस संक्रमणबाट चीनमा मात्र २४४१ को मृत्यु भएको छ।

National life

चीनबाहेक अन्य मुलुकमा मृत्यु हुनेको संख्या १७ पुगेको छ। चीनमा १८४५ जना गम्भीर रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

विश्वव्यापी रूपमा ७८ हजार पाँच सयलाई भाइरस संक्रमण भएको छ। चीनको हुबेईका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार मात्र ९६ जनाको ज्यान गएको छ।

यस्तै थप ६३० जनामा संक्रमण फैलिएको छ। तीमध्ये जेलमा बन्दी जीवन बिताइरहेका ३२ जना पनि संक्रमणमा परेका छन्।

हुपई मात्र ४० हजार १३७ अस्पतालमा उपचार गराइरहेका छन् । तीमध्ये १८४५ को अवस्था गम्भीर छ । स्वास्थ्य अधिकारीहरूका अनुसा १५ हजार २९९ जना उपचारपछि फर्किएका छन् ।

Laxmi sunrise bank
kumari

कोरोना संक्रमणबाट दक्षिण कोरियामा चार, जापानमा तीन, हङकङ र इटालीमा दुई–दुई, ताइवान, फिलिपिन्स र फ्रान्समा एकएक जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Feb 23, 2020| 09:22 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।