बिहीबार, भदौ ४, २०८३

दाङमा प्रदेश एक्सपो सुरु

दाङको बेलझुण्डीमा प्रदेश एक्स्पो सुरु भएको छ।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

भैरहवा– दाङको बेलझुण्डीमा प्रदेश एक्स्पो सुरु भएको छ।

लगानी भित्र्याउने उद्देश्यले प्रदेश ५ सरकारले आयोजना गरेकाे एक्सपोको मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरे।

साे अवसरमा उनले प्रदेश ५ लाई नमुना प्रदेशको रूपमा अघि बढाउने घाेषणा गरे। उनले एक्सपोले प्रदेशभित्र रहेका विविधतालाई नजिकबाट चिन्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।

उद्घटनका अवसरमा पाल्पाको लाखे नाच, प्युठानको डल्ले सराँय, बर्दियाको थारु मयुर नाच, रोल्पाको लहरे पैसरी नाच, रुकुम पुर्वको लोपन्मुख ढोङ्गे नाच, गढवा र राजपुर गाउँपालिकाले अवधि संस्कृति नाचलगायत झाँकी प्रदर्शन गरिएको थियो।

तीन दिनसम्म चल्ने एक्स्पोमा नवीनतम प्रविधिको प्रदर्शनी गरिने छ। एक्सपो सोमबारसम्म चल्नेछ।

प्रकाशित: Feb 23, 2020| 08:48 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।