बिहीबार, भदौ ४, २०८३

जनकपुरमा सुरु भयो खाद्य मेला

जनकपुरमा दोस्रो खाद्य मेला सुरु भएको छ। ‘परम्परागत, पोसिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौँ, असल पोषणका लागि खाने बानीमा सुधार गरौँ’ मूल नाराका साथ दोस्रो खाद्य मेला जनकपुरमा सुरु भएको हो।
 |  शनिबार, फागुन १०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १०, २०७६

जनकपुरधाम- जनकपुरमा दोस्रो खाद्य मेला सुरु भएको छ। ‘परम्परागत, पोसिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौँ, असल पोषणका लागि खाने बानीमा सुधार गरौँ’ मूल नाराका साथ दोस्रो खाद्य मेला जनकपुरमा सुरु भएको हो।

प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्रराय यादवले एक कार्यक्रमका बीच शनिबार मेलाको उद्घाटन गरेका हुन्।

जनकपुरको तिरहुतिया गाछीमा सुरु भएको मेलामा पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लामा उत्पादन हुने स्थानीय खाद्य सामग्रीको स्टल लगाइएको छ।

मेलामा परम्परागत खाद्य पदार्थको पौष्टिक महत्वबारे जानकारी, विभिन्न समुदायसँग सम्बन्धित होटल, खाद्य व्यवसायी, खाद्य उद्यमका लागि मेशिनरी उपकरण तथा प्रशोधनमा प्रयोग हुने रसायनका सप्लयार्स, खाद्य प्रविधि तथा पोषणसँग सम्बन्धित शैक्षिक संस्थासहित ६० स्टल लगाइएका छन्।

मेलामा जुम्ला, चितवन, पर्सा, धनुषा, सप्तरी, महोत्तरीलगायतका जिल्लाका स्थानीय उत्पादकहरुलेस्टल लगाएका छन्। मिथिला भोजनको परिकार, थारु परिकार, सप्तरीस्थित बरमझियाको पेडालगायतका सामग्रीहरु खाद्य मेलाको आकर्षणको केन्द्र बनेको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको संयोजनमा परम्परागत, स्थानीय, अल्प प्रचलनमा रहेका पोषिला खाद्य पदार्थहरुको प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विजय खनालले जानकारी दिए।

तीन दिनसम्म चल्ने मेलामा २० हजार आगन्तुक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ।

प्रकाशित: Feb 22, 2020| 19:52 शनिबार, फागुन १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।