बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनताको पक्षमा सरकारले कुनै काम गर्न सकेन : उपसभापति निधि

जनताको पक्षमा सरकारले कुनै काम गर्न सकेन : उपसभापति निधि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको आरोप लगाएका छन्।
 |  शनिबार, फागुन १०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १०, २०७६

जनकपुरधाम- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको आरोप लगाएका छन्।

बहुमतको दम्भमा मातेको सरकार संघीयता र जनता विरोधीबाहेक अन्य कुनै काम गर्न नसकेको उनको आरोप छ।

‘सरकार गठन भएको दुई वर्ष बितिसकेको छ, सरकारसँग लगभग दुई तिहाइ बहुमत पनि छ। तर सरकारले जनताको पक्षमा कुनै काम गर्न सकेको छैन्’, निधिले भने।

सर्लाहीको धनकौल गाउँपालिकामा शनिबार आयोजित आमसभा र पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपसभापति निधिले बहुमतको दम्भमा केपी ओली नेतृत्वको सरकार संविधान मासेर मुलुकमा तानाशाही लाद्न खोजी रहेको आरोप लगाए। ‘सरकार अभिव्यक्ति स्वतन्त्रता र प्रेसमाथि नियन्त्रण लगायतका कार्य गरेर तानाशाही लाद्न खोजेको छ,’ उनले भने, ‘सरकारले आफ्नो आलोचनासमेत सुन्न चाहेको छैन। आलोचना सुन्न नसक्ने सरकारले मुलुकलाई तानाशाहीतर्फ धकेल्ने निश्चित छ।’

हजारौंं जनताको बलिदानीपछि संघीयता र गणतन्त्र सुनिश्चित गर्ने गरी बनाइएको संविधान कम्युनिस्ट नेतृत्वको सरकारले अन्त्यगर्ने षड्यन्त्र गरिरहेको निधिले बताए।

संविधानले संघीयता र गणतन्त्र सुनिश्चित गरेपनि अझ मजबुत बनाउन थप संशोधनको आवश्यक्ता रहेको उनको भनाइ थियो।

मधेशी, आदिवासी, दलित, मुस्लिमलगायतलाई अधिकार सम्पन्न बनाउन यसमा संशोधनको आवश्यक्ता छ,’ निधिले थपे, ‘विगतमा हामीले संशोधनको प्रयाससमेत गरेका हौं। तर प्रधानमन्त्री केपी ओली नेतृत्वको तत्कालीन एमालेले सहयोग नगरेपछि संशोधन हुन नसकेको हो।’

उनले आगामी निर्वाचनमा जनताले आफूहरुलाई बहुमतमा पुर्याए संविधान संशोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

आमसभामा नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, प्रमुख सचेतक उपेन्द्र कुश्वाहा, प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंह, नेविसंघका पूर्वसभापति नैयनसिंह महरलगायतका नेताहरुले सम्बोधन गरेका थिए।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक हजारभन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेकपा, राजपा, समाजवादी लगायतका पार्टी परित्याग गरी एक हजारभन्दा बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्। नव प्रवेशीहरुलाई उपसभापति निधिले स्वागत गरेका थिए।

प्रकाशित: Feb 22, 2020| 19:19 शनिबार, फागुन १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।