आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाभाइरस संक्रमितको संख्या एकै दिनमा दोब्बरः दक्षिण कोरिया

कोरोनाभाइरस संक्रमितको संख्या एकै दिनमा दोब्बरः दक्षिण कोरिया

दक्षिण कोरियामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या एक दिनमा दोब्बर बढेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन्।
 |  शनिबार, फागुन १०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १०, २०७६

एजेन्सी- दक्षिण कोरियामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या एक दिनमा दोब्बर बढेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन्।

National life

शुक्रबार २०४ जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा शनिबार संक्रमितको संख्या २२९ ले बढेर ४३३ पुगेको छ।

उपस्वास्थ्यमन्त्री किम ग्यांग–लिपले कोरोनाको प्रकोप ‘गम्भीर चरण’ मा प्रवेश गरेको बताएका छन्।

दक्षिण कोरियामा कोरोना संक्रमणबाट अहिलेसम्म दुईजनाको मात्रै मृत्यु भएको छ। र, यो संख्या व्यापक रुपमा वृद्धि हुनसक्ने अनुमान गरिएको छ।

कोरियामा विशेषगरी देगु र चेयोंगो सहरमा कोरोनामा संक्रमण फैलंदो छ। यि दुवै सहरलाई सरकारले ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरेर आवागमनमा रोक लगाएको छ। मानिसहरुलाई अत्यावश्यक काममा बाहेक घरबाट बाहिर नआउन भनिएको छ।

Laxmi sunrise bank
kumari

चिकित्सा अधिकारीहरुले शनिबार सुरुमा थप १४२ जनामा कोरोना संक्रमण पाइएको घोषणा गरेका थिए तर, त्यसको केही घण्टामै यो संख्या २२९ पुर्‍याइएको थियो।

कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार संक्रमणका नयाँ २२९घटनामध्ये ९५ जना चेयोङको डेनाम अस्पतालमा पाइएका थिए । अस्पतालले अहिलेसम्म नौ जना कर्मचारी र १०२ जना विरामीमा कोरोना संक्रमणको पुष्टि गरेको छ।

कोरियाली समाचार एजेन्सी योनहापका अनुसार कोरोना संक्रमणका कारण बुधबार एकजना ६३ वर्षीय व्यक्तिको ज्यान गएको थियो भने अर्का एकजना उमेर नखुलाइएका व्यक्तिको पनि ज्यान गएको छ।

त्यस्तै दिगु सहरमा शिनचोन्जी चर्च अफ जीससमा आवद्ध २३१ जनामा कोरोनाको संक्रमण पाइएको छ।

उक्त चर्चका संस्थापकका भाइको अन्तिम संस्कारमा ठूलो संख्यामा सम्प्रदायका अनुयायीहरु सहभागी भएका थिए। तीमध्ये अधिकांशलाई कोरोनाको संक्रमण हुनसक्ने अनुमान गरिएको छ।

एजेन्सीका अनुसार शिनचेन्जी चर्चका ९,३३६ सदस्यहरुलाई क्वारेन्टाइनमा राखेर परीक्षण गरिंदैछ।

प्रकाशित: Feb 22, 2020| 16:04 शनिबार, फागुन १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।