आइतबार, चैत १, २०८२

कोरोना भाइरसबाट इटालीमा एकको मृत्यु

चीनबाट फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट इटालीको एक जनाको ज्यान गएको छ।
 |  शनिबार, फागुन १०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १०, २०७६

रोम– चीनबाट फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट इटालीको एक जनाको ज्यान गएको छ।

National life

इटालीका स्वास्थ्यमन्त्री रोबेर्ताे स्पेरैन्जाका अनुसार ७९ वर्षीय व्यक्तिको ज्यान गएको हो। उनका अनुसार ती व्यक्ति १० दिनदेखि अस्पताल भर्ना भएका थिए।

इटालीमा कोरोना भाइरसको संक्रमणबाट व्यक्तिको मृत्यु भएको यो पहिलो हो।

त्यहाँ कोरोनाबाट संक्रमित बिरामी भने सय पुगेको स्वास्थ्यमन्त्री स्पेरेन्जाले बताएका छन्।

यसैबीच, इटाली सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लोम्बार्डी क्षेत्रका दस सहरका सार्वजनिक स्थान बन्द गरेको छ।
स्वास्थ्यमन्त्री स्पेरेन्जाले कोरोना संक्रमण फैलिन नदिन योजना बनाइरहेको बताएका छन्। उनले स्थिति नियन्त्रणमा रहेको बताए।

Laxmi sunrise bank
kumari

यसअघि इटालीका प्रधानमन्त्री ग्युसेप कोन्टेले कोरोना भाइरसको प्रकोपबाट लड्न इटाली तयार रहेकाले सर्वसाधारणले चिन्ता लिन आवश्यक नभएको बताएका छन्। उनले भाइरसबाट लड्न आवश्यक उपाय अपनाउनेसमेत बताए।

स्थानीय स्वास्थ्य अधिकारीका अनुसार कोरोना संक्रमण सबैभन्दा अघि लोम्बार्डीका एक ३८ वर्षीय युवकमा देखा परेको थियो। चीनबाट आएका साथीसँग भेट गरेपछि ती युवकमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य अधिकारीको ठम्याई छ। अहिले चिकित्सकले यसको जाँच गरिरहेका छन्।

युएईमा दुई जनामा संक्रमण पुष्टि

संयुक्त अरब इमिरेट्स (युएई)मा पनि थप दुई जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ।

गल्फ न्युजका अनुसार युएईमा शनिबार दुई जनामा संक्रमण भएको पुष्टि भएको हो।

यसअघि गत फेब्रुअरी ८ मा एकजना कोरोना संक्रमित भेटिएका थिए। उनी फिलिपिन्सका नागरिक थिए। उनी अहिलेसम्म पनि आईसियुमै उपचाररत रहेको जनाइएको छ।

युएईमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणको आशंकामा ११ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा जम्मा ३ जनामा मात्रै संक्रमण पुष्टि भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

शनिबार संक्रमण पुष्टि भएकामध्ये एकजना ३४ वर्षीय फिलिपिनी नागरिक र एकजना ३९ वर्षीय बंगलादेशी नागरिक छन्।

उनीहरु केही समयअघि एक चिनियाँ नागरिकसँग सम्पर्कमा आएका कारण संक्रमित भएको स्वास्थ्य मन्त्रीले जनाएका छन्।

प्रकाशित: Feb 22, 2020| 15:37 शनिबार, फागुन १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।