बिहीबार, भदौ ४, २०८३

सवारी दुर्घटनामा महिलाको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा आज (शनिबार) बसको ठक्करबाट महिलाको ज्यान गएको छ।
 |  शनिबार, फागुन १०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १०, २०७६

तनहुँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा आज (शनिबार) बसको ठक्करबाट महिलाको ज्यान गएको छ।

दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ९६१८ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी ६५ वर्षीया महिलाको ज्यान गएको हो।

मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। सोही बसमा सवार महिला ओर्लिएपछि बसको पांग्राले किचेको थियो।

घाइते महिलाको दमौली अस्पतालमा उपचार गर्न लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ। बस र चालक प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: Feb 22, 2020| 14:59 शनिबार, फागुन १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।