बिहीबार, भदौ ४, २०८३

चोरिए पशुपतिमा सजाइएका फूल

पशुपतिमा महाशिवरात्रीका लागि सजाइएका फूल चोरी भएका छन्। शिवरात्रिको राति नै फूल चोरिएका हुन्।
 |  शनिबार, फागुन १०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १०, २०७६

काठमाडौं - पशुपतिमा महाशिवरात्रीका लागि सजाइएका फूल चोरी भएका छन्। शनिबार बिहानै फूल चोरी भएका हु्न्।

पशुपति क्षेत्रमा फूलबाट बनाइएका गेट, शिव लिंग, महादेवको बहान साँढेमा रहेका फूल तथा गमलामा सजाइएका फूलहरु चोरी भएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले बताए। उनले भने, 'मन्दिरका फूल राताराति चोरी भएका छन्। धर्म कमाउन आउनेले मन्दिरकै सम्पत्ति चोर्ने यो कस्तो संस्कार हो?'

ढकालले बाँदर चढ्न सक्ने ठाउँका फूलहरु बरु सुरक्षित रहेको तर, मान्छेले भेट्न सक्ने ठाउँको फूलहरु चोरी भएको बताए।

यस वर्षको महाशिवरात्रिका लागि सजावटमा मात्रै झण्डै २ करोड रुपैयाँ खर्च भएको कोषले जनाएको छ। महाशिवरात्रिका लागि सजाइएका फूलहरु अष्ट्रेलिया, कोरिया, थाइल्याण्ड, भारतबाट ल्याइएको थियो। भारतका दुई व्यापारीले यसको खर्च व्यहोरेका थिए। भारतको प्रसिद्ध तीर्थस्थल वैष्णोदेवी मन्दिर व्यवस्थापन गर्ने समूहले फूल सजाउने जिम्मेवारी पाएको थियो। अर्किड, जरबरा, कन्वारी, सयपत्री, गुलाब, गोदावरी, लिली, क्यामेसन, एसिया टिक, देल्ही, जेप्सी र अलिको निया आदि नाम गरेका फूलले पशुपति सजाइएको थियो।

शनिबार बिहानै पशुपति दर्शन गर्न पुगेकाहरु फूल चोरिएपछि देखिएका दृष्य नियाल्दै अमिलो मन बनाइरहेका थिए। उनीहरु यस्ता कुकार्यको शब्दमार्फत विरोध जनाइरहेका थिए। फूल चोरी भएपछि सजाइएका मूर्ति तथा गैट उराठ देखिएका छन्।

प्रकाशित: Feb 22, 2020| 11:08 शनिबार, फागुन १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।