बिहीबार, भदौ ४, २०८३

सोमबारसम्मै वर्षा र हिमपातको सम्भावना

आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ।
 |  शनिबार, फागुन १०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १०, २०७६

काठमाडौं - आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ।

हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेकोले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ भने पूर्वी तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको महाशाखाले जनाएको छ।

महाशाखाले आज देशको पूर्वी भू-भागलगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जानकारी दिएको छ। यस्तै पूर्वी पहाडी भू-भागका थोरै स्थानकासाथै पश्चिमी तथा मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाले पश्चिमी वायुको प्रभावका कारण मौसम खुल्ने र वर्षा हुने क्रम सोमबारसम्मै जारी रहने बताएको छ। देशका पहाडी भू-भागका केही स्थानहरुमा चट्याङसहित वर्षाको सम्भावना तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।

 

 

प्रकाशित: Feb 22, 2020| 08:00 शनिबार, फागुन १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।