बिहीबार, भदौ ४, २०८३

'लुटिङ' गर्नेलाई भगवान शिवले संहार गरुन्: निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार भ्रष्टाचारमा डुबेको रहस्योद्घाटन हुन थालेको बताएका छन्। संघीयता र संविधान मास्न उद्यत अहिलेको सरकार मुलुकलाई समेत लुट्न थालेको उनले बताए।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार भ्रष्टाचारमा डुबेको रहस्योद्घाटन हुन थालेको बताएका छन्। संघीयता र संविधान मास्न उद्यत अहिलेको सरकार मुलुकलाई समेत लुट्न थालेको उनले बताए।

धनुषाको नगराईन नगरपालिका–५ गंगुलीमा शुक्रबार नवनिर्मित शिव मन्दिरको उद्घाटन गर्दै उपसभापति निधिले भने,‘प्रधानमन्त्रीज्यू भन्ने गर्नुहुन्थ्यो- अब लुटिङ फ्यासिलिटी अन्त्य भइसक्यो। तर, उनकै घरमा बस्ने एकजना विश्वासपात्रले हिजै राजीनामा गर्नु भएको छ।’

उपसभापति निधिले प्रधानमन्त्रीको घर र कार्यालय दुवै ठाउँमा लुटिङ भइरहेको टिप्पणी गरे। ‘प्रधानमन्त्रीज्यूको घर र कार्यालयमा लुटिङ भइरहेको छ। मुलुक भ्रष्टाचारको खाडलमा फस्दै छ, लुटिङ गर्नेलाई आज भगवान शिवले सबैको संहार गरुन्, म आग्रह गर्न चाहन्छु।’

अहिलेको कम्युनिस्ट सरकार संघीयता र संविधान मास्नतर्फ उद्यत रहेको भन्दै निधिले यसको रक्षा गर्न सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए। ‘कम्युनिस्टहरु गणतन्त्र र संघीयतामाथि विश्वास गर्दैनन्, अहिलेको सरकार संविधान मास्नतर्फ अघि बढिरहेको छ, यसलाई जोगाउन हामी सबै एकजुट हुनुको विकल्प छैन,’ निधिले भने।

प्रकाशित: Feb 21, 2020| 18:50 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।