बिहीबार, भदौ ४, २०८३

पशुपतिनाथमा २३३ जना हराए, र भेटिए

 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

नेपाल प्रहरीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा हराएका २३३ जनालाई फेला पारी आफन्तको जिम्मा लगाएको छ । शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको सहयोगका लागि सञ्चालन गरेको खोजखबर कक्षमार्फत हराएकालाई फेला पारी आफन्तको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

हराएका भक्तजनको सुरक्षा एवं विविध मानवीय सेवा पुर्याउने उद्देश्यले सामुदायिक सेवा केन्द्र चावहिललगायतको सहभागितामा पशुपति क्षेत्र परिसरमा सामुदायिक प्रहरी कमाण्ड पोष्ट तथा खोजखबर कक्ष सञ्चालन गरिएको थियो । फेला परेकामा आठ जना बालबालिकासमेत छन् ।

उक्त पोष्ट तथा कक्षमार्फत नेपाल प्रहरी अस्पताल महाराजगञ्जका चिकित्सकद्वारा स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको प्रहरीले जनाएको छ । विगतमा भिडमा आफन्त हराएको गुनासो बढेकाले यसपाली व्यवस्थित रुपमा खोजखबर कक्ष सञ्चालन गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ५०० भन्दा बढी सुरक्षाकर्मी खटाएकाले अप्रिय घटना भने हुन नपाएको जनाइएको छ ।
रासस

प्रकाशित: Feb 21, 2020| 17:49 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।