बिहीबार, भदौ ४, २०८३

विप्लव भन्छन्- ओलीका असली चेलाका कारण देश नै लज्जित

विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीका असली चेलाका कारण देश नै लज्जित भएको बताएको छ।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीका असली चेलाका कारण देश नै लज्जित भएको टिप्पणी गरेकाे छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै उसले सेक्युरिटी मेसिन खरिदसम्बन्धी ७० करोड घूस काण्डमा प्रधानमन्त्री ओलीको पनि संलग्नता रहेको आशंका भएको बताएको छ। ‘केपी ओली सरकार देशका निम्ति अभिशाप भएको छ। पछिल्लो समयमा यो सरकार ७० करोड घूसकाण्डमा जाकिएको छ । देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रम ओलीका असली चेलाको यो काण्डले देश नै लज्जित छ । यो काण्डमा प्रम ओलीकै संलग्नताको आशङ्का छ,' विज्ञप्तिमा भनिएको छ।

पार्टी महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा काण्डसँग प्रत्यक्ष जोडिएका गोकुल बाँस्कोटालाई कारबाही गर्न पनि माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन (घूस) मागेको विषयले देश तरङ्गित भएको छ। सिङ्गो देशले उनको कारबाहीको माग गरेको छ। तर प्रम केपी ओली स्वयम् भ्रष्ट मन्त्री बास्कोटालाई बचाउन र घूसखोरी काण्डलाई ढाकछोप गर्न लागिरहेका छन्।’

ठूलो आकारको जहाजकाण्ड पनि प्रम ओलीकै संलग्नता देखिएको विज्ञप्तिमा उल्लेख छ। 'केपी ओली नेतृत्वको सरकार राष्ट्रघात, जनघात र फासिवादमा चुर्लुम्म डुबेको सर्वविदितै छ। तसर्थ यस्तो भ्रष्ट, कमिसनखोर र राष्ट्रघाती सरकारको बर्खास्तीका लागि सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिलाई आआफ्नो मोर्चाबाट उत्रन पार्टी विशेष अपिल गर्दछ।', विज्ञप्तिमा भनिएको छ।

 

प्रकाशित: Feb 21, 2020| 17:33 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।