बिहीबार, भदौ ४, २०८३

हुम्लामा हिमपात

 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

उच्च हिमाली जिल्ला हुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । पुस र माघ दुई महिना लगातार परेको हिमपात फेरि आजदेखि हुन थालेको छ ।

जिल्लाको सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकामा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा पानी परिरहेको सर्केगाड गाउँपालिका–२ रिप गाउँका कालीबहादुर महतराले बताए ।

बिहीबार रातिदेखि जिल्लामा मौसम फेरबदल भएसँगै शुक्रबार बिहानदेखि हिमपात हुन थालेको हो । बिहानदेखि हिमपात हुँदा चिसो एक्कासी बढेको स्थानीयवासी महेन्द्र बोहराले बताए ।

हिमपातका कारण नेपालगञ्ज, सुर्खेतबाट नियमित उडान उडानसमेत प्रभावित बनेको छ । नेपालगञ्ज, सुर्खेतबाट सीता, समिट, तारा एयरलाइन्सले यात्रु र व्यापारीको जडीबुटी ओसार्दै आएका थिए ।
रासस

प्रकाशित: Feb 21, 2020| 16:07 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।