आइतबार, चैत १, २०८२

जेलमा पनि देखियो कोरोना संक्रमण

 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार नाघेको समाचार आइरहँदा यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यहाँका कारागारमा पनि यसको सङ्क्रमण देखिएको बताएका छ्न् ।

National life

शुक्रबार चिनियाँ अधिकारीहरुले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको हो ।

यस प्राणघातक रोगको सङ्क्रमण रोक्ने प्रयासहरु चिनियाँ अधिकारीहरुले खोजिरहेका बेला थुनामा रहेका व्यक्तिमा समेत यस्तो अवस्था पाइएको खबरले यस महामारीको विषयमा चिनियाँ अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

चीनको पूर्वी भागमा रहेको शाङ्डोङ प्रान्तमा रहेको रेन्चेङ कारागारमा सातजना सुरक्षागार्ड र २०० कैदीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्रान्तीय स्वास्थ्य आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको बताइएको छ ।

कारागार प्रशासनका निर्देशक वू लेईले शुक्रबार सार्वजनिक भएको यो नयाँ घटनाले रोकथाम र नियन्त्रणका उपायहरुको कार्यान्वयन प्रभावकारी रुपमा अघि बढ्न नसकेको देखिएको बताएका छन्।

Laxmi sunrise bank
kumari

यस्तै चीनको पूर्वी प्रान्त झेजिङको शिलिफेन जेलमा पनि ३४ जनामा सो भाइरसको सङ्क्रमण देखिएपछि सो कारगाराका निर्देशकले जानकारी दिएका छन् ।

गतवर्ष अन्त्यमा भाइरस देखा परेको मध्य प्रान्त हुबेईको कारागारले बिहीबार २७१ कोरोना भाइरसको थप सङ्क्रमण देखिएको बताइएको छ ।

हुबेई प्रान्तमा बिहीबार ४११ व्यक्तिमा कोरोना भाइरसका नयाँ सङ्क्रमित देखिएको पुष्टि गरेको थियो । तर केही समयपछि कारगारमा देखिएको सङ्ख्यासहित ६३१ जनामा सो भाइरसको सङ्क्रमण देखिएको जानकारी दिइएको छ ।

यस प्राणघातक भाइरसका कारण चीनको जनजीवन झन्भन्दा झन प्रभावित हुदै गएको बताइएको छ । यहाँका विद्यालयहरु बन्द छन् भने बाहिर कतैबाट बेइजिङ पुगेका चिनियाँ नागरिकलाई पनि कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा बस्न भनेको छ ।

त्यसैगरी बिहीबार नयाँ ठाउँका दुई नयाँ अस्पतालमा यस सङ्क्रमणका विरामी देखिएपछि बेइजिङले पनि थप सतर्कता अपनाउनुपर्ने भनेको छ ।
बेइजिङका फक्सिङ अस्पतालका ३६ जना विरामी भेटिएका छन् भने त्यहाँ उपचारमा कार्यरत केही स्वास्थ्यकर्मी पनि विरामी परेका छन् । ती स्वास्थ्यकर्मीका परिवारका सदस्यमा पनि यसको सङ्क्रमण देखिएको बताइएको छ ।
रासस

प्रकाशित: Feb 21, 2020| 14:40 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।