बिहीबार, वैशाख ३१, २०८३

ट्रम्पले ७० लाख भारतीयलाई सम्बोधन गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी सोमबार भारत भ्रमणमा आउँदैछन्। भ्रमणका क्रममा उनले गुजरातको अहमदावादस्थित मोटेरा स्टेडियम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी सोमबार भारत भ्रमणमा आउँदैछन्। भ्रमणका क्रममा उनले गुजरातको अहमदावादस्थित मोटेरा स्टेडियम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

National life

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आफूले ७० लाख मानिसबीच सम्बोधन गर्न लागेको बताएका छन्। उनले भनेका छन्, ‘म केही दिनमा भारत जाँदैछु। त्यहाँ ७० लाख मानिसका बीच कार्यक्रम हुँदैछ। त्यहाँ विश्वकै ठूलो स्टेडियम बनिरहेको छ। कार्यक्रम उत्साहजनक हुने अपेक्षा छ।’

एबिपी न्युजका एक अधिकारीले ट्रम्पको स्वागतको लागि डोनाल्ड ट्रम्प नागरिक अभिनन्दन समिति बनेको बताएका छन्। कार्यक्रमका लागि ८५ करोड भारतीय रुपैयाँ लाग्ने अनुमान आयोजकले गरेको छ। यसमध्ये आधा खर्च सुरक्षामै लाग्नेछ । अहमदावाद सिटीका डिएसपी विजय पटेलका अनुसार नागरिक अभिनन्दन कार्यक्रममा १२ हजार सुरक्षाकर्मी परिचालन हुनेछन्।

एउटा कार्यक्रमका लागि यति ठूलो रकम खर्च गर्न लागिएको भनेर सामाजिक सञ्जालमा आलोचना पनि भइरहेको छ।

अहमदावादमा ट्रम्पले उद्घाटन गर्न लागेको क्रिकेट स्टेडियम विश्वकै ठूलो भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले बताएको छ। बोर्डका अनुसार स्टेडियममा दर्शक क्षमता एक लाख दस हजार रहेको छ।

बीबीसी

प्रकाशित: Feb 21, 2020| 14:29 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।