बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिएका राजपा नेतालाई माफी माग्न निर्देशन

मन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिएका राजपा नेतालाई माफी माग्न निर्देशन

मन्त्री साहलाई कालोमोसो गर्ने चेतावनी दिएका अध्यक्षमण्डल धनुषाका सदस्य ज्ञानेन्द्र झा ‘ज्ञानु’ लाई माफी माग्न पार्टीले निर्देशन दिएको हो । राजपा अध्यक्षमण्डलको बैठकले झालाई गल्ती स्वीकार गरी आत्मालोचना गर्न निर्देशन दिएको छ ।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

जनकपुरधाम– आफ्नै पार्टीबाट प्रदेश २ मा मन्त्री बनेका सामाजिक विकासमन्त्री नवल किशोर साहलाई कालोमोसो दल्ने चेतावनी दिएका राजपा धनुषा अध्यक्षमण्डलका एक सदस्यलाई माफी माग्न राजपाले निर्देशन दिएको छ ।

मन्त्री साहलाई कालोमोसो गर्ने चेतावनी दिएका अध्यक्षमण्डल धनुषाका सदस्य ज्ञानेन्द्र झा ‘ज्ञानु’ लाई माफी माग्न पार्टीले निर्देशन दिएको हो । राजपा अध्यक्षमण्डलको बैठकले झालाई गल्ती स्वीकार गरी आत्मालोचना गर्न निर्देशन दिएको छ ।

‘फागुन ६ गते बसेको धनुषा अध्यक्षमण्डलको बैठकको निर्णयअनुसार तपाईंद्वारा वरिष्ठ उपाध्यक्ष तथा प्रदेश सरकारका सामाजिक विकासमन्त्री माननीय नवलकिशोर साहजीलाई कालोमोसो दल्ने तथा विरोधका कार्यक्रम गर्न सामाजिक सञ्जालमा प्रेषित स्ट्याटस तथा समाचारहरु र जानकी हेल्थ केयर रिसर्च सेन्टरमा राजपाको केही कार्यकर्ता र विद्यार्थीलाई उकसाइ कालो झण्डा र विरोधको कार्यक्रम गर्नु भएकोमा सामाजिक विकासमन्त्री समक्ष गल्ती स्वीकार गरी आत्मलोचना गर्न तथा भविष्यमा यस्ता गतिविधि नगर्ने प्रतिवद्धता व्यक्त गर्न अध्यक्षमण्डल धनुषा तपाईंलाई आग्रह गर्दछ,’ झालाई दिइएको पत्रमा भनिएको छ ।

यता अध्यक्षमण्डलका सदस्यसमेत रहेका युवा नेता झाले आफूले कुनै गल्ती नगरेकोले माफी वा आत्मलोचना गर्ने कुनै सवाल नै रहेको प्रतिक्रिया दिएका छन् । गलत कुराको विरोध गर्नु कुनै गल्ती नरहेको भन्दै झाले कुनै हालतमा आत्मालोचना नगर्ने नेपाल समयलाई बताए ।

‘पत्रमा अध्यक्षमण्डलको बैठकको निर्णय भनिएको छ, तर बैठक कहिले बसेको हो मेरो जानकारीमा छैन । अध्यक्षामण्डल सदस्यको हैसियतले बैठकबारे मैले पनि जानकारी पाउनु पर्ने हो, कुनै गल्ती भएको छैन । के को माफी ?’ झाले भने ।

उनले थपे, ‘प्रदेशको सबै जिल्लामा समानुपातिक हिसाबले बजेट वितरण गर्न आग्रह गर्दा मन्त्रीले औकात देखाइदिने कुरा गर्नुभयो । समानुपातिक र समावेशिताकै लागि हामीले संघर्ष गरेका हौं, अहिले बजेट वितरणमा काखापाखा भएपछि हामीले विरोध गरेका छौं ।’ यसअघि पनि विभिन्न कारणले पटक पटक विवादमा परिसकेका मन्त्री साहले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

राजपा अध्यक्षमण्डलका सदस्य झा बजेट वितरणबारे छलफल गर्न फागुन २ गते मन्त्री साहलाई भेट्न उनको निवास पुगेका थिए । सोही क्रममा मन्त्री साहले ‘योजना लिने तपाईंको औकात नरहेको’ भनेका थिए । मन्त्रीको त्यस्तो प्रतिक्रियापछि झाले सामाजिक सञ्जाल फेसबुकमार्फत् हिम्मत भए सार्वजनिक कार्यक्रममा भाग लिन भन्दै कालोमोसो दल्ने चेतावनी दिएका थए ।

त्यसको भोलिपल्ट जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा एक कार्यक्रममा सहभागी हुन पुगेको बेला झा समर्थित युवाहरुले मन्त्री साहलाई कालो झण्डा देखाउँदै विरोध गरेका थिए । युवाहरु मन्त्रीलाई कालोमोसो दल्न पुगेको भन्दै प्रहरीले १० जनालाई पक्राउसमेत गरेको थियो ।

प्रकाशित: Feb 21, 2020| 13:37 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।