काठमाडौं- भारतको जयनगरदेखि जनकपुरको कुर्तासम्म रेल चलाउ सरकारले कर्मचारी माग गरेको छ ।
शुक्रबार गोरखापत्र विज्ञापन छाप्दै नेपाल रेलवे कम्पनी लिमिटेडले सिनियर सेक्सनल इन्जिनयर, स्टेशन मास्टर, चिफ पावर कन्ट्रोलर, लोको पाइलट, सह लोको पाइलट, पीवे सुपरभाइजर, मेकानिक र पोइन्टस मेनसहितको पदमा आवेदन मागेको हो ।
कम्पनीले सिनियर सेक्सनल इन्जिनयर सिग्नलिङ पदका लागि एकजना माग गरेको छ।
आठजना स्टेशन मास्टर, एक÷एक जनाका दरले चिफ पावर कन्ट्रोलर र चिफ लोको इन्स्पेक्टर माग गरेको छ।
यसैगरी तीन÷तीन जनाका दरले लोको पाइलट, सह लोको पाइलट, पीवे सुपरभाइजर, मेकानिक र पोइन्टस मेन माग गरेको छ।
जागिरका लागि आगामी १५ दिनभित्र आवेदन दिइसक्नु पर्छ।
नेपाल रेलवे कम्पनी लिमिटेडमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको छ। अझै थप कर्मचारी माग्ने सरकारको तयारी छ । केही साताअघि मात्रै सरकारले रेल सञ्चालनका लागि नियमावली सार्वजनिक गरेको थियो।
