बिहीबार, वैशाख ३१, २०८३

दक्षिण कोेरियामा कोरोना कहर

चीनपछि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दक्षिण कोरियामा फैलिन थालेको छ।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

सियोल- चीनपछि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दक्षिण कोरियामा फैलिन थालेको छ।

National life

शुक्रबार मात्रै दक्षिण कोरियामा कोरोनाबाट थप ५२ व्यक्ति संक्रमित भएपछि त्यहाँ कोरोना संक्रमितको कुल संख्या १५६ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

चीनमा यो भाइरसको चपेटामा परेर २,१२० जनाको मृत्यु भइसकेको छ भने बिहीबारसम्म यो भाइरसबाट संंक्रमितको कुल संंख्या ७४,५७६ पुगेको छ। यद्यपि पछिल्लो समय चीनमा संक्रमण विस्तारको दर घटदै गएको चीनले जनाएको छ।

कोरियाको रोग नियन्त्रण एवम् रोकथाम निकायले शिन्चेओनजी चर्च अफ जिसससँग जोडिएका कुल ८० व्यक्तिहरुमा कोरोना संंक्रमणको लक्षण देखिएको जनाएको छ। त्यसैगरी केही सैनिकहरुमा पनि कोरोना संंक्रमण भएको पाइएपछि कोरियाली सेनालाई समेत विशेष स्वास्थ्य निगरानीमा राखिएको बीबीसीले उल्लेख गरेको छ।

सञ्चारमाध्यमहरुका अनुसार देगु सहरको चर्चमा प्रार्थना गर्न जाने एक महिलालाई १० फरबरीमा ज्वरो आएको थियो। तर ती महिलाले आफूले विदेश यात्रा नगरेको र कोरोना संक्रमितको नजिक पनि नपुगेको भन्दै परीक्षण गराउन अस्वीकार गरेकी थिइन्। ती महिलामा कोरोना संंक्रमणको पुष्टि हुनुअघि सम्म उनी कम्तीमा पनि चार पटक उक्त चर्चमा प्रार्थना गर्न पुगेकी थिइन्।

दक्षिण कोरियाको देगु र चेओङदो शहरमा कोरोना संक्रमितहरु भेटिएपछि ती दुबै सहरलाई विशेष क्षेत्र घोषणा गरी संक्रमण थप फैलन नदिन विशेष सुरक्षा उपाय लागू गरेको दक्षिण कोरियाली सरकारले जनाएको छ।

प्रकाशित: Feb 21, 2020| 11:26 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।