काठमाडौं– नेपाल समय मिडिया प्रालिले हिन्दूहरूको पर्व महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा निःशुल्क पानी र खाजा वितरण गरिरहेको छ।
मिडियाले पशुपतिनाथ दर्शन गर्न आउने श्रद्धालुका लागि निःशुल्क खाद्यपदार्थ वितरण गरिरहेको हो।
सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपतिनाथ क्षेत्रमा निःशुल्क खाद्यपदार्थ वितरण गरिएको मिडिया प्रालिका अध्यक्ष विश्वनाथप्रसाद शाहले बताए।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ।
