बिहीबार, भदौ ४, २०८३

गाँजा सेवन गर्न नपाउने भएपछि हराए भोलेबाबा

बागेश्वरी मन्दिरको पूर्वतर्फ शिव महादेवको मूर्ति छ। शिवरात्रिमा भोलेबाबाले खचाखच भरिने बागेश्वरी मन्दिर परिसरमा यस वर्ष शिवभक्त देखिएनन्।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

बाँके– बागेश्वरी मन्दिरको पूर्वतर्फ शिव महादेवको मूर्ति छ। शिवरात्रिमा भोलेबाबाले खचाखच भरिने बागेश्वरी मन्दिर परिसरमा यस वर्ष शिवभक्त देखिएनन्।

उसो त अन्य समयमा पनि जुँगे महादेवको पूजा अर्चना गर्न बागेश्वरीमा उस्तै भीड हुन्छ। अन्य समयभन्दा शिवरात्रिका दिन भीड बढ्ने गर्छ।

जुँगे महादेवको मूर्तिमा प्रसाद चढाउन र पूजाअर्चना गर्न भक्तजन लामो समय लाइनमा बस्नुपर्‍यो। नेपाल प्रहरीले लाइनलाई व्यवस्थित गरिरहेको थियो।

“बिहान ४ बजेदेखि लाइनमा बसिरहेकी छु,” नेपालगञ्ज–१८, की पवित्रा बस्नेतले भने, “लाइन घटिरहेको छ, अब पालो आउँला जस्तो छ।”

मन्दिरमा विशेष गरी युवायुवतीको भीड देखिन्थ्यो।

“पोहोर साल त धेरै देखेकी थिएँ, यसपाली भोलेबाबाहरु देखिएनन्। केही चिसो मौसम भएर होला ?” नेपालगञ्ज–१ की दीपिका रेग्मीले भनिन्, “विगतमा बागेश्वरी मन्दिर परिसरमा धुँवा उडाइरहेका भोलेबाबा यसपालि हराएछन्।”

दीपिकाले भनेजस्तै यस वर्षको शिवरात्रिमा बागेश्वरीमा भोलेबाबा देखिएनन् ।

यस वर्ष शिवरात्रिमा भाङ, धतुरो र गाँजा खान र बेच्न स्थानीय प्रशासनले कडाइ गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए। उनले भने, “भोलेबाबाको उपस्थिति नहुनुमा यसैको प्रभाव पनि हुनसक्छ।”

संसारभर पाइने महादेवको मूर्तिमध्ये जुँगा भएको मूर्ति यहीँ मात्र छ। बागेश्वरी मन्दिर यस क्षेत्रकै ठूलो र प्रशिद्ध मन्दिर हो। यस स्थानमा सतीदेवीको जिब्रो पतन भएको भन्ने जनविश्वास छ।

एउटा ठूलो तलाउको किनारामा रहेको बागेश्वरी मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको इतिहास छ।

रासस

प्रकाशित: Feb 21, 2020| 09:46 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।