बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डोलेश्वरदेखि साँगाको अग्लो महादेवको मन्दिरसम्म दर्शनार्थीको घुइँचो

डोलेश्वरदेखि साँगाको अग्लो महादेवको मन्दिरसम्म दर्शनार्थीको घुइँचो

महाशिवरात्रि पर्वको अवसरमा भत्तलपुरको प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर—आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्म दर्शनार्थीको भीड लागेको छ ।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

भक्तपुर- महाशिवरात्रि पर्वको अवसरमा भत्तलपुरको प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर—आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्म दर्शनार्थीको भीड लागेको छ ।

आज मात्रै मन्दिरको चारैवटा ढोका खुला रहने डोलेश्वर महादेव मन्दिरमा बिहान ४ बजेदेखि नै दर्शनार्थीको भीड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव विश्वराम थापाले जानकारी दिए ।

मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि बिहान ४ बजेदेखि मन्दिरको चारैवटा ढोका खुल्ला गरिएको र दर्शनार्थीका लागि सहज पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिए । अन्यदिनमा मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि आज दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

दर्शनलाई सहज बनाउन सुरक्षाकर्मी र स्वयंसेवकको टोली परिचालन गरिएको छ । मन्दिरमा लाइन बसेको आधा घण्टाभित्र दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको छ । यस वर्ष एकलाख दर्शनार्थी आउने अनुमान गरिएको छ ।

भारतबाट आएका ४०० साधुसन्तका लागि खाने बस्ने सुविधा मिलाइएको जानकारी दिँदै सचिव थापाले धुनी जगाउनका काठ उपलब्ध गराएको बताए ।

डोलेश्वर आउने साधुसन्त एवं बाबालाई समितिले एकएक थान धोती र कम्बल दिएको छ । यसैगरी फर्किने बेलामा उनीहरुलाई तहअनुसार रु एक हजार १००, रु एक हजार ३०० र रु एक हजार ५०० का दरले भेटी दिएर बिदाइ गरिने उनले बताए ।

सिपाडोलको प्रसिद्ध आशापुरी महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । मनले चिताएको आशा पूरा गर्ने जनविश्वास रहेको आशापुरी महादेवमा दर्शनार्थीको भीड लागेको छ ।

त्यस्तै यता सूर्यविनायक नगरपालिका–१० चित्तपोलमा रहेको साँगास्थित अग्लो महादेवको रुपमा चिनिएको कैलाशपति महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

दर्शनार्थीलाई सहज दर्शन गर्ने व्यबस्था गरिएको र त्यसका लागि सुरक्षाकर्मीदेखि स्वयंसेवक परिचालन भएको मन्दिरका व्यवस्थापक कमल जैनले जानकारी दिए ।

आज एक लाख भक्तजनले दर्शन गर्ने अनुमान गरिएको, काठमाडौँ उपत्यका र काभ्रे, सिन्धुपाल्चोक र उपत्यका बाहिरबाट समेत आउनेका लागि सहज दर्शन, खानेपानी, चिया सर्वत एवं निःशुल्क भोजनको व्यवस्था गरिएको हिल टैंक होमका प्रमुखसमेत रहेका जैनले जानकारी दिए ।

त्यसैगरी सूर्यविनायक नगरपालिका भित्र रहेका गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डेश्वर, अनन्तलिङ्गेश्वर महादेव मन्दिरमा नि दर्शनार्थीको भीड लागेको छ । रासस

प्रकाशित: Feb 21, 2020| 09:41 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।