बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज मेघ गर्जनसहित वर्षा हुने, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

आज मेघ गर्जनसहित वर्षा हुने, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

पश्चिमी वायुको प्रभावका कारण आज (शुक्रबार) पश्चिम र मध्य क्षेत्रका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ ।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण आज (शुक्रबार) पश्चिम र मध्य क्षेत्रका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ ।

मध्य र पश्चिमका पहाडी तथा हिमाली केही ठाउँमा चट्याङ पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, मध्य र पश्चिमका हिमाली भेगमा हिमपात हुने पनि संभावना रहेको छ ।

महाशाखाका अनुसार पश्चिमबाट मौसम सक्रिय भएकाले पश्चिमका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ।

विस्तारै यो मध्य क्षेत्रमा सर्दै जाने छ भने अपरान्हपछि काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले नेपाल समयलाई जानकारी दिइन् ।

उनका अनुसार आजको वर्षासँगै एक हप्तादेखि धुम्मिएको काठमाडौं उपत्यकासहित देशका मध्य क्षेत्रको आकाश विस्तौ खुल्दै जानेछ । यद्यपी आइतबार पनि हल्का वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

फागुन ०९ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ ।

फागुन १० गते (शनिबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरु र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

राति: पहाडी भेगमा आंशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहने छ |

फागुन ११ गते (आईतबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

राति: देशभर आँशिकदेखि सामान्य बदली रहनेछ।

प्रकाशित: Feb 21, 2020| 08:29 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।