बिहीबार, भदौ ४, २०८३

आज महाशिवरात्रि, देशभरका शिव मन्दिरमा घुइँचो

भगवान् शिवको पूजा-आराधना गरी आज (शुक्रबार) देशभर महाशिवरात्रि पर्व मनाइँदैछ।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

काठमाडौं– भगवान् शिवको पूजा-आराधना गरी आज (शुक्रबार) देशभर महाशिवरात्रि पर्व मनाइँदैछ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धापूर्वक पूजाआराधना गर्छन्।

महाशिवरात्रिको अवसरमा आज राजधानीको पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ। पशुपतिनाथमा मन्दिर दर्शन गर्न र मेला भर्न छिमेकी राष्ट्र भारतबाट पनि तीर्थयात्री आएका छन् ।

पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ।

यस दिन शुद्ध भई व्रत बस्ने प्रचलन छ। व्रत बसी रातभर जाग्राम रहे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ।

यस दिन प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ।

माघमा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थालेकाले फागुनमा शिवरात्रि मनाउने गरिएको भन्ने भनाइ छ ।

यस दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ।

प्रकाशित: Feb 21, 2020| 07:01 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।