शुक्रबार, भदौ ५, २०८३

घुस बार्गेनिङले बाँस्कोटाको बहिर्गमन

राजधानीबाट प्रकाशित ब्रोडसिटका दैनिक पत्रिकाले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बहिर्गमनसम्बन्धी समाचारलाई मुख्य बनाएका छन्।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

काठमाडौं– राजधानीबाट प्रकाशित ब्रोडसिटका दैनिक पत्रिकाले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बहिर्गमनसम्बन्धी समाचारलाई मुख्य बनाएका छन्।

नागरिक दैनिकले ‘घुस बार्गेनिङले बाँस्कोटाको बहिर्गमन’ शीर्षक राखेर ब्यानर न्युज बनाएको छ। “प्रधानमन्त्री केपी शर्मा ओलीका सबैभन्दा विश्वासपात्रका रूपमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा ‘घुस बार्गेनिङ’ प्रकरणका कारण मन्त्रिपरिषद्बाट बहिर्गमित भएका छन्। सेक्युरिटी प्रेस खरिदमा स्विस कम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश मिश्रसँग गरेको मोलमोलाइको श्रव्य सामग्री सार्वजनिक भएलगत्तै बाँस्कोटा बिहीबार सरकारबाट अलग्गिए पनि उनले यो मुद्दाबाट सजिलै उन्मुक्ति पाउने छैनन्,” नागरिकले लेखेको छ।

यही विषयलाई नयाँ पत्रिका दैनिकले ‘ओलीको पहिलो कार्यकालमै एजेन्टको सेटिङमा नीति तथा कार्यक्रममा परेको थियो सेक्युरिटी प्रेस खरिद कार्यक्रम’ शीर्षक दिएर समाचार प्रकाशित गरेको छ।

कान्तिपुर दैनिकले भने ‘ओलीका विश्वासपात्रको बहिर्गमन’ शीर्षक बनाएको छ।

अन्नपूर्ण पोस्ट दैनिकले ‘यसरी आयो बाँस्कोटाको राजीनामा’ शीर्षकको समाचार प्रकाशित गरेको छ। सोही दैनिकले मोरङ, बेलबारी–२ का उपचार नपाएर खोरमा बन्धक बनाइएका बालकको समाचारलाई ‘एन्कर’ बनाएको छ।

कारोबार दैनिकले भने ‘उद्योगको विद्युत् महसुलमा १५ प्रतिशतसम्म वृद्धि प्रस्ताव’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ।

प्रकाशित: Feb 21, 2020| 06:38 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।