बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विरोध प्रदर्शनमा हस्तक्षेप भएकोमा कांग्रेसको गम्भीर ध्यानाकर्षण

विरोध प्रदर्शनमा हस्तक्षेप भएकोमा कांग्रेसको गम्भीर ध्यानाकर्षण

नेपाली कांग्रेसले नेपाल विद्यार्थीसंघको शान्तिपूर्ण विरोधमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

काठमाडौं - नेपाली कांग्रेसले नेपाल विद्यार्थीसंघको शान्तिपूर्ण विरोधमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

बिहीबार साँझ विज्ञप्ति जारी गर्दै कांग्रेसले ७० करोड कमिशनमा सञ्चार मन्त्रीलाई अनुसन्धानको दायरामा ल्याई कडा कारबाहीको माग गर्दै गर्दा प्रहरीले नेविसंघले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेको आरोप लगाएको हो।

सरकारको आडमा सुरक्षाकर्मीद्वारा विद्यार्थी नेताहरुमाथि लाठी प्रहार गर्ने र सख्त घाइते बनाइएको भन्दै कांग्रेसले त्यसको विरोध गरेको हो।

विरोध प्रदर्शनमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, महामन्त्री उर्मिला थपलिया, महामन्त्री महेश्वरी कुँवर, महामन्त्री युवराज पाण्डे, विद्यार्थी नेताहरु सुरज सैजुवाल, हरि आचार्य, दिपक रिमाल, रामजी बस्नेत, सुनिल पन्त, तिलक बटला, रमित खड्का लगायत दर्जनौं विद्यार्थीहरु घाइते भएका कांग्रेसले जनाएको छ।

यस्तै कांग्रेसले त्रिभुवन विमानस्थलमा शान्तिपूर्ण रुपमा कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गर्ने नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको भन्दै तत्काल रिहा गर्नसमेत माग गरेको छ।

कांग्रेसले भनेको छ, 'शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार माथि वर्तमान सरकारले ठाडो हस्तक्षेप गरेको छ। यस घटनाले सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र उदाङ्गो बनाएको छ। यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्सना गर्दछ। घाइते विद्यार्थी नेताहरुको उपचारको व्यवस्था र गिरफ्तार विद्यार्थीलाई तुरुन्त रिहाई गर्न नेपाली कांग्रेस माग गर्दछ।'

प्रकाशित: Feb 20, 2020| 19:41 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।