काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई सम्हाल्ने गरी तोकेकी छिन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले डा. खतिवडालाई कार्यभार तोकेकी हुन्।
यस्तै बाँस्कोटाले सम्हाल्दै आएको सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले सम्हाल्ने गरी राष्ट्रपति भण्डारीले तोकेकी राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिएका छन्।