इटहरी– बाल यौन दुराचारको आरोपमा पाँचथरको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्।
कक्षा ३ मा अध्यनरत १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा फिदिम गाउँपालिका–१ नवमीडाँडास्थित सिद्धेश्वर माविका प्रधानाध्यापक मोहनप्रसाद दुलाल पक्राउ परेका हुन्।
पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा दुलाल पक्राउ परेकाे पाँचथरका प्रहरी निरीक्षक रोहणराज अर्यालले जानकारी दिए।
बालिकाले आमासँग दुलालले आफूलाई विगत चार महिनादेखि जबर्जस्ती गर्दै आएको बताएपछि प्रहरीमा उजुरी परेकाे थियाे।