बिहीबार, भदौ ४, २०८३

पत्रकार सम्मेलन हुने समयमा प्रवक्ताको राजीनामा

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रालयमा हरेक बिहीबार पत्रकार सम्मेलन आयोजना गर्ने गरेका थिए ।
 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

काठमाडौं– हरेक बिहीबार अपरान्ह ३ बजे भरिभराउ हुने सञ्चार मन्त्रालयको हल आज भने सुनसान रह्यो। हरेक बिहीबार अपरान्ह ३ बजे हुने पत्रकार सम्मेलन आज हुने हो कि होइन भन्ने अन्योलका बीच एकाध सञ्चारकर्मीमात्र मन्त्रालय पुगेका थिए।

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रालयमा हरेक बिहीबार पत्रकार सम्मेलन आयोजना गर्ने गरेका थिए ।

आज भने लगभग पत्रकार सम्मेलन हुने समयमा मन्त्री बाँस्कोटाले ट्विटर र फेसबुकमा राजीनामाको घोषणा गरे। एउटा विवादास्पद अडियो सार्वजनिक भएपछि उनले मन्त्री पदबाट हात धुनुपरेको हो।

प्रकाशित: Feb 20, 2020| 16:37 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।