शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन बुँदे माग राखेर कांग्रेसद्वारा प्रतिनिधिसभा अवरुद्ध

तीन बुँदे माग राखेर कांग्रेसद्वारा प्रतिनिधिसभा अवरुद्ध

 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले नै बारम्बार भन्ने गरेको वाक्यांश सम्झाएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस सांसद पुष्पा भुसालले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ७० करोड घूस मागेको अडियो सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेको अनुहार पनि नहेर्ने भनेको कुरा स्मरण गर्न आग्रह गरिन् ।

‘प्रधानमन्त्रीले बारम्बार भन्नुहुन्थ्यो– भ्रष्टाचार नगर्ने र गर्न नदिने कुरा । तर, अहिले उहाँकै मन्त्रीले ७० करोड घूस मागेको अडियो बाहिर आएको छ । सञ्चारमन्त्रीलाई अब्बल भन्नुभएको थियो । भ्रष्टाचारका लागि अब्बल ?’ उनले भनिन् ।

कांग्रेसले तीनवटा माग राखेको उनले बताइन् । पहिलो, गोकुल बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने

दोस्रो, राजीनामा दिएर उन्मुक्ति दिन नपाइने, छानबिन गर्नुपर्ने

तेस्रो, प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने

सांसद भुसालले बोलेपछि कांग्रेसका सांसदहरु उठेर बैठक अवरुद्ध गरेका थिए। सभामुखको आग्रहपछि पनि सांसदहरु नबसेपछि सभामुखले बैठक फागुन १३ गतेसम्मलाई स्थगित गरेका छन्।

प्रकाशित: Feb 20, 2020| 15:10 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।