बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न नेविसंघको माग

मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पदबाट बर्खास्त गरी कानुनी कारबाही गर्न माग गरेको छ।
 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६


काठमाडौं– नेपाल विद्यार्थी संघले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पदबाट बर्खास्त गरी कानुनी कारबाही गर्न माग गरेको छ।
मन्त्री बाँस्कोटा भ्रष्टाचार प्रकरणमा मुछिएको अडियो सार्वजनिक भएपछि संघले विज्ञप्तिमार्फत कारबाही माग गरेको हो।
संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारीको संरक्षण नगर्न पनि माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारीको मुख हेर्दिनँ भन्ने प्रधानमन्त्री के हेरेर बसिरहनुभएको छ ?’

प्रधामन्त्रीले बाँस्कोटालाई संरक्षण गरेमा संघ आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी विज्ञप्तिमा दिइएको छ।

प्रकाशित: Feb 20, 2020| 14:50 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।